चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 794 of 1165
  • 2026-11-29
  • 08:49:14
  • आइतबार,मंसिर १४, २०८३

About Author

पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको जमघट

काठमाडौं– पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको जमघट हुने भएको छ। गण्डकी सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको हो। प्रदेशलाई संविधानमै लिपिबद्ध अधिकार दिन संघीय सरकारले आनाकानी गरिरहेको आरोप लगाइरहेका बेला सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुन लागेको हो। भेला उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रदेशसँगका असमझदारी हटाउनेबारे छलफल गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले बताइन्। भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुनेछ। मुख्यमन्त्रीको भेला दोस्रो पटक हुन लागेको हो। यसअघि २१–२२ २०७५ भदौमा गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलो पटक मुख्यमन्त्रीको भेला भएको थियो। भेलाले आठबुँदे घोषणापत्र पनि जारी गरेको थियो। यसअघि मुख्यमन्त्रीको भेला १० जेठमा गर्ने तय भए पनि प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण स्थगन गरिएको थियो।

News by पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको जमघट :