काठमाडौं- मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदैछन्।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने बकर इद मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन्।
काठमाडौंमा रहेका इस्लाम धर्मालम्बीहरूले जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढ्नुका साथै शुभकामना आदानप्रदान गरेका छन्।
नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने प्रचलन छ। पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।
![]()