काठमाडौंसहित देशका अधिकांश स्थानमा झरी - Chaitanya News
  • 2026-11-16
  • 14:27:04
  • सोमबार,मंसिर ०१, २०८३
  • काठमाडौंसहित देशका अधिकांश स्थानमा झरी

    काठमाडौंसहित देशका अधिकांश स्थानमा झरी

    काठमाडौं- अहिले काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ। मनसुन देशभर नै सक्रिय रहेकाले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    कैलाली, प्यूठान, काठमाडौं उपत्यका, पाल्पा, स्यांजा, झापा लगातका ठाउँमा अहिले ठूलो पानी परिरहेको छ।

    दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

    राति देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।