काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो शिक्षकको तलब स्केल, सोही बमोजिम नपाए सम्पर्क गर्न आग्रह - Chaitanya News
  • 2026-05-02
  • 11:46:21
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो शिक्षकको तलब स्केल, सोही बमोजिम नपाए सम्पर्क गर्न आग्रह

    काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो शिक्षकको तलब स्केल, सोही बमोजिम नपाए सम्पर्क गर्न आग्रह

    काठमाडौँ – निजी विद्यालयका शिक्षकहरूले कम तलब पाएको गुनासो आएको भन्दै काठमाडौँ महानगरपालिकाले शिक्षकहरूको तलब स्केल निर्धारण गरेको छ।

    महानगर प्रमुख बालेन्द्र शाह ( बालेन) ले बिहीबार शिक्षकहरूको तलब स्केल सूची सार्वजनिक गर्दै सोही बमोजिम नपाउनेले महानगरको शिक्षा विभागमा सम्पर्क गर्न आग्रहसमेत गरेका छन्।

    बालेनले सार्वजनिक गरेको उक्त तलबमान ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल रहेको बताइएको छ।

    यस्तै, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम बालेनको उक्त सूचनामा हुने उल्लेख गरिएको छ।

     

    यस्तो त तलब स्केल: