चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 338 of 1163
  • 2026-11-27
  • 11:30:59
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित २ सदस्यको राजीनामा स्वीकृत

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित २ सदस्यको राजीनामा स्वीकृत गरेको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो। समितिका अध्यक्ष श्रीमण कुमार गौतम तथा सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गरेको बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्। त्यस्तै बैठकले बृहत्तर लुम्बिनी विकास परियोजनाका लागि लागि विश्व बैंकको ८५ अर्ब ऋण स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले ललितपुरको पुल्चोकमा रहेको जलश्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी स्थानान्तरण गर्ने निर्णय गरेको छ।

News by समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित २ सदस्यको राजीनामा स्वीकृत :