चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 118 of 1162
  • 2026-11-26
  • 15:51:35
  • बिहिबार,मंसिर ११, २०८३

About Author

भोटेकोशी बाढीः ७३४ जनाको शव फेला, कहाँ कति शव फेला पर्यो ?

काठमाडौँ– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। प्राधिकरणको रिपोर्ट अनुसार बाढीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लाहरूसम्म पुगेका छन्। कहाँ कति शव फेला पर्यो ? चितवनः २५९ जना नवलपरासी पूर्वः१८४ जना नवलपरासी पश्चिमः ८२ जना गोरखाः ५८ जना नुवाकोटः ५२ जना धादिङः५० जना तनहुँः३६ जना रसुवाः१३ जना २,४९८ जना सम्पर्कविहीनः ९३३ जलविद्युत् आयोजनाका कामदार बाढीमा परी अझै २,४९८ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा विभिन्न सुरक्षा निकायका ८५ जना (सेना ४५, प्रहरी २७, सशस्त्र १३) समेत रहेका छन्। यस्तै, विभिन्न जलविद्युत् आयोजनाबाट मात्रै ९३३ जना कामदार सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा ५८९ विदेशी नागरिक र उनीहरूसँगै गएका १२७ नेपाली पर्यटन सहयोगीहरू समेत रहेका छन्। रसुवाबाट ५६२ र नुवाकोटबाट ११५ जना बेपत्ता भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ। विपद्पछि उद्धारका लागि देशभर १९,८९५ सुरक्षाकर्मी परिचालित भएका छन्। हालसम्म ८,१८६ जनाको जीवितै उद्धार गरिएको छ।

News by भोटेकोशी बाढीः ७३४ जनाको शव फेला, कहाँ कति शव फेला पर्यो ? :