चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 4 of 1115
  • 2026-10-14
  • 14:22:37
  • बुधबार,आश्विन २८, २०८३

About Author

प्राविधिक र अप्राविधिक दुवै पदमा बढुवा खुल्यो, कात्तिक २४ सम्म आवेदन दिन सकिने

काठमाडौँ– कोशी प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका सातौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि आवेदन खुलाएको छ। आयोगले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनका आधारमा कर्मचारी बढुवा गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो। आयोगले सोमबार सूचना जारी गर्दै स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० अनुसार आवश्यक योग्यता पुगेका कर्मचारीलाई बढुवाका लागि आवेदन दिन आग्रह गरेको छ। बढुवाका लागि इच्छुक र योग्य उम्मेदवारले कात्तिक २४ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। तोकिएको अन्तिम मितिमा सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिनसम्म आवेदन बुझाउन सकिने आयोगले जनाएको छ। सातौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान भएसँगै योग्यता पुगेका स्थानीय सरकारी सेवाका कर्मचारीले बढुवा प्रक्रियामा सहभागी हुने अवसर पाएका छन्। इच्छुक उम्मेदवारले आयोगले प्रकाशित गरेको आधिकारिक सूचनाअनुसार आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिनुपर्नेछ।

News by प्राविधिक र अप्राविधिक दुवै पदमा बढुवा खुल्यो, कात्तिक २४ सम्म आवेदन दिन सकिने :