कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-10-12
  • 09:24:52
  • सोमबार,आश्विन २६, २०८३
  • कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालय काठमाडौँले आइतबार सूचना जारी गर्दै परीक्षाको नतिजा सार्वजनिक गरिएको जनाएको हो।

    आयोगको पोखरा कार्यालयअन्तर्गत सञ्चालन भएको विज्ञापनको नतिजा सार्वजनिक गरिएको हो। विज्ञापन नम्बर १२९५८–१२९६०/०८२–८३ अन्तर्गत खुला तथा समावेशी समूहबाट लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ।

    विविध सेवा, राजपत्र अनंकित प्रथम श्रेणीअन्तर्गतको कम्प्युटर अपरेटर पदको लिखित परीक्षामा सहभागी उम्मेदवारले आयोगले सार्वजनिक गरेको सूचनामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

    यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९११-१३९१३/०८२-८३ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ ।