खुला सहमहामन्त्रीमा खतिवडा–शिवाकोटीको अग्रता, मतगणना जारी - Chaitanya News
  • 2026-10-12
  • 09:23:32
  • सोमबार,आश्विन २६, २०८३
  • खुला सहमहामन्त्रीमा खतिवडा–शिवाकोटीको अग्रता, मतगणना जारी

    खुला सहमहामन्त्रीमा खतिवडा–शिवाकोटीको अग्रता, मतगणना जारी

    काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार खतिवडा ७६८ मतसहित पहिलो स्थानमा रहँदा अजय शिवाकोटी ५४८ मतका साथ दोस्रो स्थानमा छन्।

    खुलातर्फ सहमहामन्त्रीमा दुई जना निर्वाचित हुने व्यवस्था रहेकाले खतिवडा र शिवाकोटी हालसम्मको मतपरिणाममा प्रतिस्पर्धी उम्मेदवारभन्दा अगाडि देखिएका छन्। यद्यपि, मतगणना जारी रहेकाले अन्तिम नतिजाका लागि थप मतपरिणाम कुर्नुपर्नेछ।

    हालसम्मको गणनामा डिल्लीराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन्। त्यस्तै, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत पाएका छन्।

    मतगणना जारी रहँदा खुलातर्फका दुई सहमहामन्त्री पदमा कसले बाजी मार्ने भन्ने चासो बढेको छ।