चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 14 of 1116
  • 2026-10-16
  • 21:32:30
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

अर्थमन्त्री वाग्ले–विश्व बैंक अध्यक्ष बांगा भेटवार्ता, पुनर्निर्माण र आर्थिक सुधारमा सहकार्य

काठमाडौँ– भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा नेपालको आर्थिक सुधारका लागि विश्व बैंकले सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाएको छ। विश्व बैंक समूहका अध्यक्ष अजय बांगा र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच अमेरिकाको वासिङ्टन डीसीमा भएको उच्चस्तरीय भेटवार्तामा नेपालका प्राथमिकताका क्षेत्रमा स्रोत परिचालन र लगानी विस्तारबारे छलफल भएको हो। विश्व बैंकका अध्यक्ष बांगा र अर्थमन्त्री वाग्लेबीचको छलफलमा भोटेकोशी बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधार पुनर्निर्माण, बृहत् आर्थिक सुधार, बीमा तथा सामाजिक संरक्षणका क्षेत्रमा करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे विशेष चर्चा भएको थियो। भेटमा अध्यक्ष बांगााले बाढीबाट नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नयाँ सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारका कदमको प्रशंसा गर्दै पूर्वाधारमा लगानी बढाउन र देशभित्रै रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। नेपालका प्राथमिकताका क्षेत्रमा लगानी विस्तार गर्न विश्व बैंकले एसियाली विकास बैंक (एडिबी), अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायतका विकास साझेदारसँग समन्वय गर्ने अध्यक्ष बांगााले जानकारी दिए। विश्व बैंकका नेपालका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदलगायत उच्च पदस्थ अधिकारीसमेत सहभागी भेटवार्तामा नेपालको पुनर्निर्माण, आर्थिक सुधार र विकासका प्राथमिकतामा सहकार्य थप बलियो बनाउने विषयमा छलफल भएको थियो।

News by अर्थमन्त्री वाग्ले–विश्व बैंक अध्यक्ष बांगा भेटवार्ता, पुनर्निर्माण र आर्थिक सुधारमा सहकार्य :