चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 190 of 1156
  • 2026-11-24
  • 05:14:31
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

1. सन् २०२५ मा भएको च्याम्पियन लिगको उपाधी कसले जितेको हो ? A) Real Madrid             B) PSG              C) Inter Milan                  D) Barca 2.शेर्पा जातिको धर्मग्रन्थ कुन हो ? A. फोग्यु             B.मुन्धुम               C.लेप्चा                 D.अर्थवेद 3.'Agenda for peace'नामक प्रतिवेदन पेश गर्ने ग्ल्इ को महासचिव को हुन ? A.डा. बुक्रोस चाली             B.गोलम सरवर C.अहमद सलीम              D.इसाला रुवान विराकुन 4.निम्न मध्ये सबैभन्दा अग्लो हिमाल कुन हो ? A.मकालु                B.मनास्लु           C.धौलागिरी               D.अन्नपुर्ण 5.नेपालको संविधान अनुसार संघीय संसदको स्वीकृति पछि मात्र खर्च गर्न पाउने विषय/क्षेत्र कुन हो ? A.राष्ट्रपतिको पारिश्रमिक र सुविधा            B.प्रतिनिधि सभाका सभामुखको पारिश्रमिक र सुविधा C.प्रधानमन्त्रीको पारिश्रमिक र सुविधा       D.प्रदेश प्रमुखको पारिश्रमिक र सुविधा 6.१६ औ योजनाको अन्त्य सम्ममा नेपालको चालु, पूँजीगत र वित्तीय व्यवस्था खर्चको अनुपातलाई कति पुर्याउने लक्ष्य रहेको छ ? A.५५ :२९ : १६           B. ५४ : ३० : १५ C.५५ : ३० : १५          D. ५५ : ३१ : १४ 7.सर्वाधिक मरुभूमि भएको राष्ट्र निम्न मध्ये कुन हो ? A.सिंगापुर                  B.रसिया                  C.सोमालिया                D.लिबिया 8.नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिले देखि भएको हो ?  A.वि.सं. २०७०         B. वि.सं. २०६९          C.वि.सं. २०७१        D.वि.स. २०६८ 9.तलका भनाई विचार गर्नुहोस् । १.क्षेत्रफलको आधारमा विश्वको चौथो ठुलो महादेश, २.भुमध्य रेखा र मकर रेखा दुवैले काटेको महादेश, ३.पंक्षीहरुको महादेश भनेर चिनिने, माथि दिइएका विशेषता निम्न कुन महादेशका हुन । A.दक्षिण अमेरिका         B.अन्टार्कटिका महादेश C.उत्तर अमेरिका            D.अफ्रिका महादेश 10.भित्रि मधेशका जिल्लाहरु ठुलो देखि सानो क्रम मिलाउनुहोस् । A.दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी B.दाङ, सुर्खेत, सिन्धुली, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी C.दाङ, सिन्धुली, मकवानपुर, सुर्खेत, चितवन, उद्यपुर, नवलपरासी D.दाङ, सिन्धुली, सुर्खेत, चितवन, मकवानपुर, उद्यपुर, नवलपरासी 11. त्यहाँ x वटा रूख र y वटा सुंगा छन्। यदि प्रत्येक रूखमा एउटा मात्र सुँगा बसेको भए, एउटा सुँगा रूखबिहिन हुन्छ भने यदि प्रत्येक रूखमा दुई वटा सुँगा बसेका भएः एउटा रूख सुँगाबिहिन हुन्छ । x र y को मान क्रमशः कति कति होला ? A. 3, 4                  B. 4, 5                  C. 5, 6                    D. 6, 7 12. 64 जना विद्यार्थीहरूलाई बराबर रूपमा मिठाई वितरण गर्ने कार्य हुँदैछ। प्रत्येक विद्यार्थीलाई 7 वटा मिठाइ दिँदा 15 वटा मिठाइ बाँकी रहन्छ भने त्यहा जम्मा कतिवटा मिठाइ थिए ? A. 463                 B. 473                  C. 483                     D. 493 13.कुनै कक्षाकोठामा केही बेन्चहरू छन्। यदि प्रत्येक बेन्चमा 4 जना विद्यार्थीहरू बस्ने हो । भने 3 वटा बेन्च खाली रहन्छ। यदि प्रत्येक बेन्चमा 3 जना विद्यार्थी बस्ने हो 3 जना विद्यार्थी उभिनु पर्छ । भने त्यस कक्षामा कति जना विद्यार्थी छन् ? A. 44                   B. 46                     C. 48                    D. 50 14.पाँच व्यक्तिहरूको आयुको औसत 20 वर्ष छ । यदि चौथो व्यक्ति 30 वर्ष र पाँचौं व्यक्ति 25 वर्ष भए, बाँकी तीन व्यक्तिको औसत कति छ? A) 15                   B) 16                    C) 17                       D) 18 15.एउटा नदी पश्चिमबाट पूर्वतर्फ बगिरहेको छ । मार्गमा बायाँ तर्फ घुमेको छ र एउटा थुम्को पार गर्न अर्धवृत्तकार रूपमा घुम्छ र फेरी बायाँतर्फ समकोण बनाएर अगाडि बढ्दा अहिले कुन दिशामा नदी बगिरहेको छ ? A. पूर्व                 B. पश्चिम                     C. उत्तर               D. दक्षिण 16.मृगहरूको एक समूहसँगै एउटा सानो ज‌ङ्गलमा सुगाहरुको एउटा समूह पनि छ । त्यहाँ जम्मा 12 वटा हातको संख्या र 40 वटा खुट्टा छन् भने ज‌ङ्गलमा क्रमशः कति मृग र सुगाहरु छन् ? A. 4, 8               B. 6, 6                       C. 3, 9                      D. 8, 4 17.केटीहरूको प‌ङ्क्तिमा, वीणा सुरुबाट १२ औं र अन्त्यबाट १९ औं स्थानमा छिन् । केटीहरूको अर्को पङ्क्तिमा, सुनिता सुरुबाट 14 औं र अन्त्यबाट 20 औं स्थानमा छिन् । दुबै पङ्क्तिमा सँगै कति केटीहरू छन् ? A. 72                 B. 65                         C. 63                         D. 61 18.A र B को उमेरको अनुपात ३:४ छ । यदि उनीहरूको उमेरको योग ३५ वर्ष भए, B को उमेर कति होला? (A) १५               (B) २०                  (C) २५                         (D) ३० 19.एउटा घडी रु. ८०० मा बेच्दा २०% नोक्सान हुन्छ भने सो घडीको खरिद मूल्य कति थियो? (A) रु. ६४०               (B) रु. ९६०                   (C) रु. १०००                  (D) रु. १२०० 20.कुनै वस्तुको मूल्यमा 320% नाफा राखेर बेचिन्छ । यदि सो वास्तुको मूल्य 25% बढाएर S.P.लाई स्थिर राख्दा S.P. को base मा लगभग कृति % नाफा हुन्छ? A. 70%                    B. 75%               C. 35%                   D. 29% उत्तरः 1. B 11. A 2. A 12. A 3. C 13. C 4. A 14. A 5. B 15. A 6. A 16. A 7. D 17. C 8. B 18. B 9. A 19. C 10. A 20. A (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।) सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला । Chaitanya Academy Nepal  New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100

News by लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) :