काठमाडौँ– राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ। आज (बिहीवार) बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो।
बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यसअघि सांसदहरुले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।