चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 64 of 1116
  • 2026-10-16
  • 19:33:16
  • शुक्रबार,आश्विन ३०, २०८३

About Author

रसुवा बाढी अपडेटः हालसम्म १ हजार २५२ शव फेला

काठमाडौं–गत (बुधबार) रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले आज बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो। प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ पुरुष, १२६ महिला, ४४ बालिका र ३४ बालक छन्। त्यस्तै ४२८ वटा आंशिक अंग तथा ८२ शवको पहिचान खुल्न बाँकी रहेको छ। खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, बाटो खुलाउने तथा शव व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म ७८७ शवको व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलन समेत भइरहेको छ। अहिलेसम्म १ हजार ८३ मृतकको डीएनए नमुना र ५९१ जना आफन्तको नमुना संकलन गरिएको छ।

News by रसुवा बाढी अपडेटः हालसम्म १ हजार २५२ शव फेला :