चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 160 of 1158
  • 2026-11-24
  • 17:11:19
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

२०८३–८४ का लागि चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको वार्षिक कार्यक्रम स्वीकृत

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८३–८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले सरकारबाट प्राप्त हुने बजेट र आयोगको आन्तरिक स्रोतलाई समेटेर उक्त कार्यक्रम स्वीकृत गरेको हो। आयोगका अनुसार चालु आर्थिक वर्षका लागि नेपाल सरकारबाट ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक स्रोतबाट ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ परिचालन गर्ने निर्णय गरिएको छ। बैठकले आयोगको आन्तरिक स्रोतमा अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म रहेको बचत तथा चालु आवमा प्राप्त हुने अनुमानित आम्दानीमध्ये आवश्यक रकम उपयोग गर्ने निर्णय गरेको जनाएको छ। आयोगको आन्तरिक स्रोततर्फ गत असार मसान्तसम्म ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ बचत रहेको र चालु वर्षमा थप ३५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। उक्त आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय भएको आयोगले जनाएको छ। स्वीकृत बजेटमध्ये आन्तरिक स्रोततर्फ चालु खर्चका लागि ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ ८ करोड ६२ लाख रुपैयाँ छुट्याइएको छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा। डा। देवेन्द्रबहादुर खत्री तथा सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइरालालगायतको सहभागिता रहेको थियो।

News by २०८३–८४ का लागि चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढीको वार्षिक कार्यक्रम स्वीकृत :