चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1052 of 1158
  • 2026-11-24
  • 18:32:46
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

काठमाडौं  – कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित विजयी भएकी छन्। निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन्। भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितेकी हुन्। यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरे। सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो।

News by कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी :