एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा निर्वाचित - Chaitanya News
  • 2026-06-16
  • 02:21:00
  • सोमबार,आषाढ ०१, २०८३
  • एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा निर्वाचित

    एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा निर्वाचित

    काठमाडौं – भक्तपुर क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका नेता दुर्लभ थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी नेकपा एमालेका युवा नेता महेश बस्नेतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    भक्तपुर–२ का निर्वाचन अधिकृत लोकनाथ पराजुलीले बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए ।

    नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् । यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।