चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1006 of 1158
  • 2026-11-25
  • 00:05:51
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

प्रधानमन्त्री दाहालद्वारा मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन दिएका छनत् । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल सुरू गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल यस विषयमा गम्भीर हुनु भएको र तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्ने उनको सचिवालयले जनाएको छ ।

News by प्रधानमन्त्री दाहालद्वारा मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न निर्देशन :