प्रधानमन्त्रीको निर्देशनपछि  घट्यो इन्धनको मूल्य - Chaitanya News
  • 2026-04-29
  • 13:21:20
  • बुधबार,बैशाख १६, २०८३
  • प्रधानमन्त्रीको निर्देशनपछि  घट्यो इन्धनको मूल्य

    प्रधानमन्त्रीको निर्देशनपछि  घट्यो इन्धनको मूल्य

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आयल निगम सञ्चालक समितिले आइतबार राति १२ बजेदेखि नै लागू हुनेगरी इन्धनको मूल्य केही घटाएको हो । प्रधानमन्त्री दाहालको निर्देशनपछि निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँले घटाएको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ हुनेछ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १९० रुपैयाँबाट १७० रुपैयाँ कायम गरेको छ । यसैगरी, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १ दशमलव ६५४ डलरबाट घटाएर १ दशमलव ४२० डलर कायम गरेको छ ।

    निगमले इन्डियन आयल कर्पाेरेसनलाई अझै १८ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत नै राखिएको जनाएको छ ।