चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 370 of 1160
  • 2026-11-25
  • 16:06:15
  • बुधबार,मंसिर १०, २०८३

About Author

बाजुराको उच्च भेगमा वर्षासँगै हिमपात, किसाहरुन खुसी

बाजुरा– बाजुराको उच्च भेगमा वर्षासँगै हिमपात हुँदा किसाहरुन खुसी भएका छन्। उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो। गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो। वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन्। यहाँका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ। हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदह लगायतका स्थानीय बढी प्रभावित बनेका छन्। कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जसीराम सहानीले वर्षासँगै हिमापातले हिउँले बालीलाई राम्रो हुने बताएका छन्। यसैबीच , डिभिजन वन कार्यालयले वन्जयजन्तु तथा जंगली जनावरको चोरी सिकारी नगर्न आग्रह गरेको छ। जंगली जनावरको चोरी सिकारी भएमा वन ऐन अनुसार कानुनी कारबाही गरिने कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले बताएका छन्।

News by बाजुराको उच्च भेगमा वर्षासँगै हिमपात, किसाहरुन खुसी :