यी हुन् कांग्रेसबाट समानुपातिक सांसद बन्ने २० जना - Chaitanya News
  • 2026-04-24
  • 09:08:12
  • शुक्रबार,बैशाख ११, २०८३
  • यी हुन् कांग्रेसबाट समानुपातिक सांसद बन्ने २० जना

    यी हुन् कांग्रेसबाट समानुपातिक सांसद बन्ने २० जना

    काठमाडौँ– नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम आयोगमा बुझाउने भएको छ।

    आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम र क्लष्टर मिलाएर २० जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो ।

    ती मध्ये १५ जना महिला अनिवार्य रूपमा पठाइने उनले बताए । निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद सङ्ख्याको कोटा तोकेर नाम बुझाउन भनेको थियो । कांग्रेसले आफूले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने समेत बताए ।

    प्रवक्ता चालिसेले अब बस्ने केन्द्रीय कमिटी बैठकले निर्वाचनको पूर्ण समीक्षा गरेर पार्टीको धारणा सार्वजनिक गरिने बताए।