एमालेले आयोगलाई बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम - Chaitanya News
  • 2026-04-24
  • 09:08:55
  • शुक्रबार,बैशाख ११, २०८३
  • एमालेले आयोगलाई बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम

    एमालेले आयोगलाई बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम

    काठमाडौँ– नेकपा एमालेले समानुपातिक सांसद बन्ने १६ जना सम्भावित सांसदको नाम सावैजनिक गरेको छ । एमालेले आज (आइतबार) समानुपातिक सांसद बन्ने १६ जना सम्भावित सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको हो ।

    एमाले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरेको छ।

    त्यस्तै महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बरालको नाम सिफारिस गरेको छ।

    पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी र मधेसी महिलामा रिङ्ला यादव तथा यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गर्ने शनिबार बसेको सचिवालय बैठकले गरेको थियो। ती नामहरू आइतबार बुझाएको नेता आचार्यले बताए।