चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 254 of 1152
  • 2026-11-22
  • 04:37:15
  • शनिबार,मंसिर ०६, २०८३

About Author

स्वास्थ्य मन्त्रालयले गर्‍यो विभिन्न परिषद, अस्पताल र बीमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ९ वटा सरकारी स्वास्थ्य परिषद्, अस्पताल तथा बोर्डहरूमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ। आज (बुधबार) मन्त्रालयले एक सूचना जारी गररी आयुर्वेद चिकित्सा परिषद्, स्वास्थ्य अनुसन्धान परिषद्, नर्सिङ परिषद्, स्वास्थ्य व्यवसायी परिषद्, फार्मेसी परिषद्, मेडिकल काउन्सिल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गंगालाल हृदय रोग केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदाधिकारीका लागि आवेदन आह्वान गरेको हो। गत वैशाख २२ गतेको मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार रिक्त रहेका यी पदहरूमा सम्बन्धित ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्ने छन्।

News by स्वास्थ्य मन्त्रालयले गर्‍यो विभिन्न परिषद, अस्पताल र बीमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान :