आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची - Chaitanya News
  • 2026-06-03
  • 09:52:26
  • बुधबार,जेठ २०, २०८३
  • आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ– आज (बुधबार) मध्यान्ह  सवा १२ बजे संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ।

    आज बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

    आजै आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ भने अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।