यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-07-19
  • 20:40:37
  • आइतबार,साउन ०३, २०८३
  • यस्तो रहनेछ आज देशभरको मौसम

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानको मौसममा सामान्यतया बदली रहने छ। आज दिउँसो भने देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू(भागमा आंशिक बादल लाग्ने महाशाखाले जानकारी दिएको छ।

    यसैगरी देशको हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको छ।

    यस्तै महाशाखाका अनुसार आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको हिमाली र पहाडी भू–भागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको छ।