चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1071 of 1156
  • 2026-11-24
  • 10:08:19
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

अत्यधिक खर्च गरेर चुनाव जित्ने प्रवृत्ति बढ्यो, जुन लोकतन्त्रका र नेपालका लागि यो घातक हो : नीलकण्ठ उप्रेती

काठमाडौं– देशको संविधान, कानुन, नीति–नियम एकातिर छ, तर दल र उम्मेदवार अर्कातिर हिँड्छन्, यो हामी सबैले देखे–बुझेकै अवस्था हो। निर्वाचनमा दल र उम्मेदवारले गर्ने खर्चका सन्दर्भमा निर्वाचन आयोगले सीमा र मापदण्ड तोकेको छ। उनीहरूले आयोगले तोकेको सीमाभित्र रहेरै खर्च गरेको विवरण पेस गर्छन्, तर खर्चचाहिँ त्यति मात्रै गरेका हुन् त? कुनै पनि निर्वाचनमा कुनै पनि दल र उम्मेदवारले आजसम्म तोकिएभन्दा एक पैसा बढी खर्च भएको भनेर विवरण पेस गरेका छैनन् । लोकतन्त्रमा निर्वाचनका लागि दल तथा उम्मेदवारले सकेसम्म खर्चै गर्न नपरोस् र गरे पनि असाध्यै कम खर्च होस् भन्ने मान्यता हो। तर, दल र उम्मेदवारले सबैथोक प्रयोग गरी, अत्यधिक खर्च र आर्थिक प्रतिस्पर्धा गरेर निर्वाचनमा जाने संस्कारको विकास भएको छ, जुन लोकतन्त्र र नेपालका लागि घातक हो। पैसाले उम्मेदवार चिनिन्छन्, पैसाले मतदाता चिनिन्छन्, पैसा हुनेले निर्वाचन जित्ने र नहुनेले निर्वाचनमै जान नसक्ने स्थिति भएको छ । कसैले १० करोड त कसैले पाँच करोड खर्च गरेको सार्वजनिक अभिव्यक्ति दिने गरेका छन्। एक–दुईजना मन्त्रीले मेरै अगाडि तीन करोड खर्च गरेर चुनाव जितेको सुनाए। यो सबै कुरा बेथिति हो, लोकतन्त्रअनुसार नचलेको हो। अहिले निर्वाचनमा हुने जुन खर्च प्रक्रिया र प्रवृत्ति छ, त्यो अलोकतान्त्रिक छ। जसरी पनि चुनाव जित्ने र सत्तामा आउने प्रवृत्ति देखिएको छ। विचार होइन, पैसा शक्तिशाली भएको छ। यो लोकतन्त्र सबैका लागि हो, पैसा नहुनेले पनि टिकट पाउने, चुनावमा जाने र जित्न सक्ने वातावरण हुन जरुरी छ।

News by अत्यधिक खर्च गरेर चुनाव जित्ने प्रवृत्ति बढ्यो, जुन लोकतन्त्रका र नेपालका लागि यो घातक हो : नीलकण्ठ उप्रेती :