चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 778 of 1167
  • 2026-11-29
  • 17:26:51
  • आइतबार,मंसिर १४, २०८३

About Author

प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिँदै

काठमाडौं- प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ। उपचारको क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको हो। बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ। सीता दाहाललाई पार्किन्सनजस्तो देखिने जटिल रोग लागेको थियो। प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएससी) भनिने रोगबाट पीडित दाहालको यसअघि भारतमा पनि उपचार भएको थियो। सीता दाहालको पार्थिव शरीरलाई अहिले बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने र आजै २ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अहिले नर्भिक अस्पतालमा सुरक्षाकर्मी, मन्त्री, सर्वसाधारणलगायतको ठूलो भीड लागेको छ।

News by प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिँदै :