कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, नीति महाधिवेशनको मिति मुख्य एजेण्डा - Chaitanya News
  • 2026-11-17
  • 01:38:47
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, नीति महाधिवेशनको मिति मुख्य एजेण्डा

    कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, नीति महाधिवेशनको मिति मुख्य एजेण्डा

    काठमाडौँ –  सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (बुधबार) देखि सुरु हुँदैछ । यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

    अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झण्डै एक वर्षपछि बस्न लागेको उक्त बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भ्रातृ संगठनसम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुनर्विचार गरिने भएको छ ।

    गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेण्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ । यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।
    साथै संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।