चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1102 of 1112
  • 2026-10-12
  • 13:28:15
  • सोमबार,आश्विन २६, २०८३

About Author

सामुदायिक विद्यालयको गुणस्तर निजीसरह बनाउँछौँ : लामिछाने

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशस्तरीय भेला गरेको छ। संगठन निर्माण गर्न देश दौडाहामा रहेका लामिछानेले शुक्रबार बागमती प्रदेशस्तरीय भेला हेटौँडामा आयोजना गरेका हुन्। भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब गर्ने चेतावनी दिए। उनले भने, ‘जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौँडा सिमेन्ट कारखानाको मेसिनहरुको नट बिग्रिन्छन्, र निजी लगानीकर्ताले सिमेन्ट बेचेरै बोनस बाँड्छ। सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुनेछ। उनले धनीका छोराछोरीले पढ्ने निजी विद्यालय सरह सामुदायिक विद्यालयको गुणस्तर बनाउने दाबी पनि गरे। भेलाले बागमती प्रदेश समिति, बागमती प्रदेशमा रहेका विभिन्न जिल्ला र पालिका समितिहरु गठन गर्ने रास्वपाले जनाएको छ। अहिलेसम्म रास्वपाले गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो समिति विस्तार गरिसकेको छ भने ५० हजार भन्दा धेरै साधारण सदस्य अहिले नै आवद्ध भइसकेको रास्वपाका केन्द्रीय सदस्य डिपी अर्यालले बताए।

News by सामुदायिक विद्यालयको गुणस्तर निजीसरह बनाउँछौँ : लामिछाने :