चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 185 of 1160
  • 2026-11-26
  • 02:33:35
  • बुधबार,मंसिर १०, २०८३

About Author

आज रातिदेखि शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– आज (बुधबार) रातिदेखि शुक्रबारसम्म देशका विभिन्न भागमा वर्षाको गतिविधि बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर अवस्थाभन्दा केही माथि रहेर नेपालको तराई क्षेत्र नजिक रहेको तथा पूर्वी भागमा सरदर स्थान आसपास अवस्थित रहेको जानकारी दिएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका सीमित क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार बिहीबार र शुक्रबार देशभर सामान्यतया मौसम बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ। आगामी दुई दिन कोशी र बागमती प्रदेशका हिमाली भू–भागसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

News by आज रातिदेखि शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना :