डिजिटल विज्ञापनदेखि एआईसम्मलाई नियमनको दायरामा ल्याउने सरकारको तयारी, राष्ट्रिय विज्ञापन नीति २०८३ सार्वजनिक (पूर्णपाठ) - Chaitanya News
  • 2026-07-15
  • 16:12:59
  • बुधबार,आषाढ ३१, २०८३
  • डिजिटल विज्ञापनदेखि एआईसम्मलाई नियमनको दायरामा ल्याउने सरकारको तयारी, राष्ट्रिय विज्ञापन नीति २०८३ सार्वजनिक (पूर्णपाठ)

    डिजिटल विज्ञापनदेखि एआईसम्मलाई नियमनको दायरामा ल्याउने सरकारको तयारी, राष्ट्रिय विज्ञापन नीति २०८३ सार्वजनिक (पूर्णपाठ)

    काठमाडौँ– सरकारले डिजिटल युगअनुकूल विज्ञापन क्षेत्रलाई व्यवस्थित र उत्तरदायी बनाउन ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ सार्वजनिक गरेको छ। मन्त्रिपरिषदबाट स्वीकृत उक्त नीतिले परम्परागत सञ्चार माध्यमसँगै डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित विज्ञापनलाई पनि नीतिगत व्यवस्थाभित्र ल्याउने व्यवस्था गरेको छ।

    सरकारले पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको डिजिटल विज्ञापन बजारलाई पारदर्शी, विश्वसनीय र जिम्मेवार बनाउन नयाँ नीति ल्याएको जनाएको छ। नीतिले विज्ञापन उत्पादन, प्रसारण र वितरण प्रक्रियामा स्पष्ट मापदण्ड तय गर्दै उपभोक्ताको अधिकार संरक्षण, सञ्चार माध्यमको विश्वसनीयता अभिवृद्धि र स्वस्थ विज्ञापन बजार विकासमा जोड दिएको छ।

    नयाँ नीतिअनुसार आधुनिक प्रविधिबाट हुने विज्ञापन गतिविधिलाई समेत नियमनको दायरामा ल्याएर विज्ञापन क्षेत्रलाई समयानुकूल, व्यवस्थित र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको छ।