काठमाडौँ– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. भीमबहादुर चन्द नियुक्त भएका छन्।
यसअघि सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलमार्फत योग्यताक्रमसहितको प्रतिवेदन विश्वविद्यालय सभामा पेस गरेका थिए।