चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 834 of 1152
  • 2026-11-22
  • 10:34:07
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गठबन्धन बैठक चल्दै गर्दा बाहिरिइन् रञ्जिता

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सत्ता गठबन्धनको बैठक छाडेर बाहिर निस्किएकी छन्। श्रेष्ठ केहीबेरअघि बैठक चलिरहेकै बेला बाहिर निस्किएको बताइएको छ। टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला मंगलबार सर्वोच्च अदालतबाट पनि सदर भएको थियो। सोही कारणले गर्दा रञ्जिता बैठकबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ। सरकारमा सहभागी दलको बैठक बालुवाटारमा बुधबार बिहान १० बजेदेखि बसिरहेको हो।