एकैदिन ११ सय रुपैयाँले घट्यो सुनको मुल्य - Chaitanya News
  • 2026-06-17
  • 07:44:35
  • बुधबार,आषाढ ०३, २०८३
  • एकैदिन ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

    एकैदिन ११ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।