एमालेले यसरी सम्झियो मदन भण्डारीलाई [तस्बिरहरू] - Chaitanya News
  • 2026-05-25
  • 08:54:35
  • सोमबार,जेठ ११, २०८३
  • एमालेले यसरी सम्झियो मदन भण्डारीलाई [तस्बिरहरू]

    एमालेले यसरी सम्झियो मदन भण्डारीलाई [तस्बिरहरू]

    काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन्।

    बल्खु, काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन्। साथै एमालेका शीर्ष नेताहरुले पनि भण्डारीको शालिकमा माल्यापर्ण गरेका थिए।

    २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन–आश्रित स्मृति दिवस’को मनाइएको छ।