चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 799 of 1153
  • 2026-11-22
  • 13:43:24
  • आइतबार,मंसिर ०७, २०८३

About Author

२८ शाखा अधिकृतको सरूवा

काठमाडौं- गृह मन्त्रालयले २८ जना शाखा अधिकृतको उपत्यका बाहिर सरूवा गरेको छ। दुर्गम स्थानमा जान कर्मचारीहरू तयार नभएपछि बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँले सबैलाई कार्यकक्षमा बोलाएर सरुवा गरिएको ठाउँमा जान निर्देशन दिएका थिए। उनले कर्मचारीलाई बोलाएर सरूवा भएको ठाउँमा गएर काम गर्न निर्देशन दिएका हुन्। कर्मचारीहरू धेरैजसो अध्यागमन, विमानस्थल, कारागार विभाग वा अन्य कतै नभए पनि काठमाडौं उपत्यकामै बस्न रुचाउने गरेकोमा मन्त्रालयले एकै पटक ठूलो संख्यामा शाखा अधिकृतहरूको दुर्गममा सरूवा गरेको हो। मन्त्रालयले अधिकृतकहरूको रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, पश्चिम नवलपरासी, बाँके, ओखलढुंगा, पर्सा, सिन्धुपाल्चोक, उदयपुर, दोलखा, कपिलवस्तु, प्युठान, सोलुखुम्बु, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङमा सरूवा गरेको हो।

News by २८ शाखा अधिकृतको सरूवा :