छोटो समयमा नै जीवनलाई एउटा उचाइमा पुगाउन सक्ने मानिस निकै कम हुन्छन्। स्वामी विवेकानन्द त्यस्ता व्यक्ति हुन् जसले कम उमेरमै आफ्नो नाम रोषन गरेका थिए। स्वामी विवेकानन्दको जीवन फेर्न रसमलाईको निकै ठूलो भूमिका छ। उनी सानैदेखि खान र खुवाउनमा निकै सोखिन थिए।
उनले बेद र बेदान्तका पुस्तक किन्दा एक पटक किस्तावनव्दीमा कुकिङ सम्बन्धि इन्साइक्लोपिडिया खरिद गरेका थिए। उनलाई अम्बा निकै मन पर्थ्यो। यसका अलावा उनी नरम नारिवलमा चिनी र ब्रफ मिलाएर खान्थे। गान्धीले झै उनी बाख्राको दूध पिउथे।
आइसक्रिम पनि विवेकानन्द निकै मन पराउथे। त्यसलाई उनी सधै कुल्फी भन्थे। अमेरिकाको शून्य भन्दा कम तापक्रममा पनि विवेकानन्द चकटेल आइसक्रिम खान्थे।
एन दिन उनका काकाका छोरा रामचन्द्र दत्ताले विवेकानन्दलाई दक्षिणेश्वर मन्दिर जाउ भन्दै आग्रह गरे। त्यहाँ रामकृष्ण परमहंस आउने र रसमलाई खुवाउने बताए। रसमलाई नमिले भाइको कान तान्ने सर्तमा उनी त्यहाँ गए। तर, त्यहाँ गइसकेपछि विवेकानन्द रामकृष्ण परमहंसका शिष्य बन्न पुगे।
सानोमा विवेकानन्द चञ्चल स्वभावका थिए। उनलाई शान्त तुल्याउन टाउकोमा पानी खन्याउनु पर्थ्यो। विवेकानन्दलाई फिरन्ते साधुहरूप्रति निकै लगाव थियो। त्यस्ता साधुको आवाज सुन्दा उनी घर बाहिर आइहाल्थे। साधुप्रतिको मोह देखेर परिवारका मानिसले विवेकानन्दलाई बन्द कोठामा थुनिदिन्थे र उनी गएपछिबाट ढोका खोलिदिन्थे।
विवेकानन्द बचपनदेखि नै सन्यासी बन्न चाहन्थे। अक्षर चिन्न सुरु गरेदेखि नै उनी साधु हुन चाहन्थे। उनको दिमाग निकै तेजिलो थियो। एक पटक अध्ययन गर्दा पुरै किताव अध्ययन गरिदिन्थे। पौडिन, कुस्ती खेल्न र लौरो चलाउन उनी निकै मन पराउँथे। उनले ठूला-ठूला उस्ताजसँग सास्त्रीय संगीतको तालिम लिएका थिए। उनी तबला, इसराज र सितारा जस्ता बाजा बताउँथे। उनको शास्त्रीय गायनमा भने निकै रुची थियो।

उनले गायनले नै गुरु रामकृष्णक परमहंसको नजिक तुल्याएको थियो। उनको गानाबाट रामकृष्ण यति प्रभावित भएका थिए की एक पटक गीत सुन्दासुन्दै गुरु रामकृष्ण परमहंस समाधिमा गएका थिए।
विवेकानन्दका बुवा विश्वनाथ छोराको बिहे गरिदिन चाहन्थे। तर, गुरु रामकृष्ण परमहंश त्यसको विरुद्धमा थिए। विवेकानन्दले पनि ब्रह्मचर्य जीवन अपनाएर साधु बन्ने निर्णय गरे।
बुवाको निधनपछि सात परिवारको लालनपालनको जिम्मेवारी उनको काँधमा थपियो। त्यसपछि उनले केही दिन मेट्रोपोलिटन इन्स्टिट्युशनमा अध्यापनको काम गरे। विवेकानन्दका गुरु राममृष्ण सादगी र नैतिक आध्यात्मका प्रतिक थिए। उनलाई विवेकानन्दमाथि आफ्नो सन्देश विश्वभर पुर्याउन सक्ने विश्वास थियो।
जुलाई १८८६ मा रामकृष्णको स्वास्थ्यमा समसस्या देखियो। उनलाई घाँटीको क्यान्सर भयो। अन्तिम समयमा आफ्ना सवै शिष्यलाई बोलाएर उनले विवेकानन्द आफ्नो उत्तराधिकारी भएको बताएका थिए। १७ अगस्ट १८८६ मा उनी महासमाधिमा गए।
१८९८ मा कलकत्तामा प्लेग महामारी फैलिएको थियो। हजारौं मानिसले बिरामीका डरले कलकत्ता छोडेका थिए। मानिसलाई राहत पुर्याउनका सेना बोलाइएको थियो। त्यो समयमा विवेकानन्दले कलकत्तामा मानिसहरूलाई राहत दिने कार्य गरेका थिए।
विवेकानन्दको शरीर मिलेको थियो। उनी निकै तार्किक क्षेमताका थिए। रोम्या रोन्लाले आफ्नो किताव ‘लाइफ अफ विवेकानन्द’ मा उनको शरीर निकै बलियो रहेको उल्लेख छ। उनी पाँच फिट साढे आठ इन्च लामा थिए। उनको निधार चौडा थियो र आवाज कर्णमधुर थियो। उनको निधारले सबैलाई आकर्षित गर्थ्यो। उनका ठूला काला आँखाले पनि धेरैलाई मोहित पार्थ्यो।
उनी अमेरिका जाँदा एक पत्रकारले उनको तौल १ सय २ किलो हुनसक्ने अनुमान गरेका थिए। कहिलेकाहिँ उनी आफ्नो आफैँले मजाक उडाएर मोटा स्वामी भन्थे। उनको समस्याको कारण बन्थ्यो अनिन्द्रा। उनी १५ मिनेट भन्दा लामो समयसम्म सुत्न सक्थेनन्।
विवेकानन्दले पुरै भारतको भ्रमण गर्ने निर्णय गरेका थिए। उनी सबैभन्दा पहिले वाराणसी गएका थिए। त्यहाँ उनले विभिन्न धार्मिक गुरुहरूसँग विचार आदानप्रदान गरेका थिए।
बुद्धले आफ्नो पहिलो उपदेश दिएको सारनाथको पनि उनले भ्रमण गरे। त्यसपछि उनी अयोध्या र लखनउ हुँदै आगरा पुगे। त्यसपछि उनी मुम्बई गए। पुनाका लागि जाँदा संयोगबस उनी र बाल गंगाधर तिलक एकै कारमा बसे।
दुवैबीच कुराकानी भो। तिलकले उन्लाई आफ्नो साथमा पुनामा बस्न निमन्त्रणा दिए। विवेकानन्दले तिलकसँग १० दिन बिताए। त्यसपछि उनी ट्रेनको यात्रा गर्दै बेंग्लोर गएका थिए। त्यसपछि मैसुर जाँदा उनी महाराजाको अतिथि बनेर बसे। महाराजाले एक दिन म तपाईंका लागि के गर्नसक्छु भनेर सोध्दा उनले अमेरिका गएर भारतको दर्शन र संस्कृतिको प्रचार गर्न चाहेको बताए।
महाराजाले उनलाई अमेरिका पठाउने बन्दोवस्त गरे। त्यतिबेला उनले उक्त प्रस्ताव नस्वीकारे पनि पछि विवेकानन्द अमेरिका जान तयार भए। ३१ मे १८९३ मा मद्रासबाट उनले अमेरिका यात्रा तय गरे। १४ जुटाइमा उनी जापानी बन्दरगाह याकोहोमाबाट अमेरिकाका लागि ‘इन्प्रेस अफ इन्डिया’ जहाजबाट गए। उस यात्रामा उनको साथमा भारतका उद्योगपति जमशेदजी टााटा पनि थिए। यस यात्राबाट उनीहरूबीच मित्रता पनि सुरु भयो।
वेंकुरबाट उनले सिकागोका लागि उनले ट्रेन समातेका थिए। सिकागोको धर्म संसदमा भाग लिनका लागि विश्वभरबाट हजारौं प्रतिनिधि सहभागि भएका थिए। ती मध्ये विवेकानन्दको उमेर सबै भन्दा कम थियो।
उनले उक्त सभामा आफ्नो भाषा सुरु गर्दै हिन्दू धर्मले विश्वलाई सहिष्णुताको पाठ कसरी सिकाएको छ भन्ने बारेमा प्रस्ट पारेका थिए। उनले विश्वमा कुनै पनि धर्म एक अर्को भन्दा खराव नरहे वा उच्च नभएको बताएका थिए। सबै धर्मको उद्देश्य भनेकै ईश्वरतर्फ जानु भएको बताएका थिए।
स्वामी विवेकानन्दलाई जनावरप्रति अगाध प्रेम थियो। उनीसँग भेडा, गाई र बाख्रा थिए। उनी आफैँ तिसनिहरूको ख्याल गर्थे। उनी एउटा कुकुरलाई पनि औधि माया गर्थे। त्यसको मृत्यु पछि उनले गंगा नदीको किनारमा गाडि दिएका थिए।

स्वामी विवेकानन्दको स्वास्थ्यमा सधैँ समस्या देखियो। उनको खुट्टा सधैँ सुन्नीएका हुन्थे। आँखाको दृष्टि पनि कमजोर हुँदै गयो। उनलाई सधैँ ज्वरो आएको हुन्थ्यो र स्वास फेर्न गाह्रो हुन्थ्यो। उनको टाउको दुखीरहेको हुन्थ्यो। बुवालाई झै उनी पनि मधुमेह रोगबाट ग्रसित थिए। वाराणसी फर्किएपछि उनको स्वास्थ्य थप बिग्रियो।
उनलाई कविराज सहानन्द सेनगुप्तालाई देखाइएको थियो। उनले विवेकानन्दलाई पानी पिउन र नुन खान रोक लगाइदिएका थिए। जसले गर्दा विवेकानन्दले २१ दिनसम्म एक थोपा पानी पनि पिएनन्।
मृत्यु हुनुभन्दा दुई दिन पहिले उनले आफ्ना निकटतम सहयोगी सिस्टर निवेदिताका लागि आफ्नो हातबाट खाना पस्किए। हात धुनका लागि विवेकान्दले पानी हालिदिए। यो सब देखेर सिस्टर निवेदिताले यो सबै आफूले गर्नुपर्ने भन्दा विवेकानन्दले भनेका थिए- जिसस क्राइस्ट पनि आफ्ना शिष्यका पाउ धुन्थे।
आफ्नो महासमाधिको दिन स्वामी विवेकानन्द निकै तड्पिएका थिए। उनले मठमा गएर त्यसका सबै झ्याल ढोका बन्द गरिदिएका थिए। त्यसपछि उनी एक्लै तीन घण्टा ध्यानमा बसेका थिए। दिनको खाना उनले आफ्नो साथी सन्तोसँग खाएका थिए। चार बजे उनले तातो दूधको एक घुट लिए। त्यसपछि उनी बाबुराम महाराजसँग टहलिन थाले।
साझको प्रार्थनाको घन्टी बज्दा विवेकानन्द आफ्नो कोठमा गए। त्यहाँ उनी गंगा सामू बसेर ध्यान गर्न थाले। साझ ८ बजे एक सन्यासीलाई बोलाएर उनले आफ्नो शीरमा पंखा हम्किन भने। त्यो समय विवेकानन्द विस्तारामा पल्टिएका थिए। उनको निधारमा पसिना आइरहेको थियो। उनका हात थोरै कापे र उनले लामो स्वास लिए।
त्यो बेला रातिको ९ बजेर १० मिनेट भएको थियो। त्यहाँ रहेका स्वामी प्रेमानन्द र स्वामी निश्चयानन्दले उनलाई उठाउन खोजे तर विवेकानन्दको मुखबाट कुनै शब्द आएन। डाक्टर महेन्द्रनाथ मजुमदारलाई उनको अवस्था बुझ्न बोलाइयो। उनले कृतिम स्वास दिएर विवेकानन्दलाई उठाउने प्रयास गरे। अन्तत: सोही रात उनलाई मृत घोषणा गरियो।
स्वामी विवेकानन्द ३९ वर्ष ५ महिना २२ दिन यस संसारमा बाँचे। उनले आफूले ४० वसन्त नदेख्ने बताएका थिए। जुन उनको भविश्यवाणी मिल्यो पनि। – बीबीसी