नेपालमा तोलामै नौ सयले घट्यो सुनको मूल्य - Chaitanya News
  • 2026-05-02
  • 15:24:22
  • शनिबार,बैशाख १९, २०८३
  • नेपालमा तोलामै नौ सयले घट्यो सुनको मूल्य

    नेपालमा तोलामै नौ सयले घट्यो सुनको मूल्य

    काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य तोलामा नौ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भएको थियो।