चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 756 of 1153
  • 2026-11-22
  • 17:24:56
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइने

काठमाडौं- सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई आज अदालतमा उपस्थित गराइने भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराइने भएको हो। हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिइए अनुसार आज उनीहरू उपस्थित हुन लागेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइएपछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्न आदेश दिएको हो।

News by सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइने :