कविता लेखन तथा वाचनमा उत्कृष्ट बन्यो ‘एआईए’ - Chaitanya News
  • 2026-05-02
  • 17:23:47
  • शनिबार,बैशाख १९, २०८३
  • कविता लेखन तथा वाचनमा उत्कृष्ट बन्यो ‘एआईए’

    कविता लेखन तथा वाचनमा उत्कृष्ट बन्यो ‘एआईए’

    काठमाडौं- अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) का विद्यार्थी कविता वाचन तथा लेखनमा उत्कृष्ट बनेका छन्। असार २९ गते २१०औं जन्म जयन्तीका अवसरमा काठमाडौं उपत्यकामा आयोजित दुई प्रतियोगितामा एआईएका विद्यार्थीहरूले उत्कृष्ट स्थान प्राप्त गरेका हुन्।

    भानु जयन्तीको दिन भ्यालीभ्यु स्कुलले आयोजना गरेको उपत्याकाव्यापी अन्तरमाध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा एआईएका कक्षा १० मा अध्ययनरत छात्र डिपलभ अधिकारी प्रथम भएका हुन्। उनलाई आयोजकले प्रथम पुरस्कार स्वरूप नगद ८ हजार रुपियाँ र प्रमाणपत्रले सम्मान गरेको छ। उक्त प्रतियोगितामा सहभागी ३३ विद्यालयका ६५ जना प्रतियोगीलाई पछाडि पार्दै अधिकारी प्रथम भएका हुन्।

    यस्तै सोही दिन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को काठमाडौं जिल्ला कार्यसमितिले भानु जयन्तीकै अवसर पारेर आयोजना गरेको ‘प्याब्सन प्रथम उपत्याकाव्यापी कविता महोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम–२०८०’ मा पनि एआईएकी कक्षा १० मा अध्ययनरत छात्रले चौथो स्थान हासिल गरेकी छन्। प्याब्सनमा आबद्ध ५३० विद्यालयबाट ५० जना विद्यार्थी आबद्ध भएको उक्त कार्यक्रममा एआईकी छात्र स्नेहा पौडेलले चौथो स्थान हासिल गरेकी हुन्। आयोजकले उनलाई पनि नगद ४ हजार रुपियाँ र प्रमाणपत्र सम्मान गरेको हो।

    प्याब्सनद्धारा आयोजित सोही कार्यक्रममा एआईएकै अर्का विद्यार्थी विमल गिरीले पनि भानुभक्तीय रचना सुनाएर ट्रफी प्राप्त गरेका छन। गिरी पनि कक्षा १० का विद्यार्थी हुन्।

    एआई एका प्रधानाध्यापक विमल घिमिरेले कविता वाचन तथा लेखनमा आकर्षक प्रतिभा तथा क्षमता प्रस्तुत गरी उत्कृष्ट चयन भएकोमा विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए। सहभागी दुवै कार्यक्रममा उत्कृष्ट साबित भई विद्यार्थी स्वयं र विद्यालयको समेत प्रतिष्ठा उच्च बनाएकोमा गौरवान्वित भएकोले विद्यालयले सोमबार पुरस्कृत विद्यार्थीलाई थप सम्मान गर्ने बताए।
    अवेरनेस इन्टरनेसनल एकेडेमी काठमाडौँ शंखमूलमा अवस्थित रहेको छ।