भारतबाट आयो पेट्रोल र डिजेलको नयाँ मूल्य सूची - Chaitanya News
  • 2026-05-26
  • 07:34:06
  • मंगलबार,जेठ १२, २०८३
  • भारतबाट आयो पेट्रोल र डिजेलको नयाँ मूल्य सूची

    भारतबाट आयो पेट्रोल र डिजेलको नयाँ मूल्य सूची

    काठमाडौँ– भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

    निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

    नयाँ मूल्यसूचीपछि पनि निगम सबै पेट्रोलियम पदार्थमा नाफामा छ । पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेलमा साढे ६ रुपैयाँ निगमलाई नाफा छ ।