चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1095 of 1115
  • 2026-10-15
  • 10:42:07
  • बिहिबार,आश्विन २९, २०८३

About Author

सामाजिक न्याय र किसानलाई सुविधा दिने कुरामा प्रदीप गिरिसँग मेरो विचार मिल्थ्यो : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदीप गिरिको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन्। समाजवादमा प्रदीपजीको गहिरो निष्ठा थियो। पार्टीलाई सिद्धान्त र आदर्शलाई हुबहु अपनाउन प्रेरित गर्नुहुन्थ्यो। प्रदीप गिरिको नीति भनेको कांग्रेसको मौलिक नीति हो। निमुखालाई न्याय अनि विपन्नलाई आय दिने र पार्टीलाई समावेशी बनाउने उहाँको धारणा थियो। सामाजिक न्याय, भूमिसुधार, किसानलाई राहत दिने कुरामा प्रदीपजी र मेरो धारणा मिल्थ्यो। आगामी दिनमा प्रदीप गिरिजस्ता साथीहरुको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्छ,” नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने । सत्तामा गएपछि बन्धनमा परिन्छ भनेर प्रदीप गिरिले मन्त्री बन्न अस्वीकार नगरेको पनि वरिष्ठ नेता पौडेलले बताए। उनले भने, “उहाँ उन्मुक्त चेता हो, कुनै बन्धनमा नरहने खुला मानिस हो। चिन्तकका रुपमा उहाँ समाजवादी हो । समाजवादीहरु अनुशासन, मर्यादा, कानुनमा बाँधिन्छन्। कतिपय सन्दर्भमा पार्टीसँग पनि उहाँको कुरा मिल्दैनथे। सत्तामा गएपछि बन्धनमा परिन्छ भनेर मन्त्री हुनसमेत चाहनुभएन। तर मन्त्री, प्रधानमन्त्री नभए पनि उहाँले नेपाली जनताको उच्च सम्मान पाउनुभएको छ। गिरिले विपक्षीको समेत मन जितेको पौडेलले बताए। उनले थपे, “संसदमा आज प्रदीप गिरि बोल्ने भनेपछि विपक्षीले समेत मन्त्रमुग्ध भएर सुन्थे। उहाँ कम्युनिस्टहरुलाई पनि शिक्षा दिन सक्नुहुन्थ्यो। मार्क्सवाद, लेनिनवादलाई पनि व्याख्या गर्न सक्नुहुन्थ्यो। प्रदीप गिरिका विचारलाई अघि बढाउनका लागि तपाईं प्रधानमन्त्री बन्दै हुनुहुन्छ त भन्ने पत्रकार धमलाको प्रश्नमा वरिष्ठ नेता पौडेलले भने, “मैले प्रधानमन्त्री बन्छु भनेर घोषणा गर्नै पर्दैन। अब जनताले नै आदर्श र नैतिकवान् व्यक्तिलाई खोज्नुपर्छ। सुशासनले मात्र देश विकास हुन सक्छ। नैतिक शक्ति भएको नेतृत्वले मात्र सुशासन दिन सक्छ । जनताको विश्वासअनुसार अघि बढ्ने कुरामा घोषणा गर्ने होइन।

News by सामाजिक न्याय र किसानलाई सुविधा दिने कुरामा प्रदीप गिरिसँग मेरो विचार मिल्थ्यो : नेता पौडेल :