गगन थापाले मागे मतदातासँग प्रश्न - Chaitanya News
  • 2026-08-02
  • 13:13:31
  • आइतबार,साउन १७, २०८३
  • गगन थापाले मागे मतदातासँग प्रश्न

    गगन थापाले मागे मतदातासँग प्रश्न

    काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगनकुमार थापाले मतदातासँग प्रश्न माग गरेका छन्।

    अघिल्लो पाँच वर्से कार्यकालका क्रममा आफूले गरेका काम, चालेका कदम र निर्णय प्रक्रियामा सहभागी हुँदा जनतालाई लागेको विचारबारे प्रश्न राख्न थापाले अनुरोध गरेका छन्।

    एक भिडयो जारी गर्दै थापाले सामाजिक सञ्जालमार्फत् प्रश्न माग गरेका हुन्। थापाले उक्त प्रश्नहरुको जवाफ चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा दिने बताएका छन्।