चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1085 of 1115
  • 2026-10-15
  • 14:21:07
  • बिहिबार,आश्विन २९, २०८३

About Author

सेयर बजार दुई अंकले घट्यो ६९ करोड ८८ लाखको मात्र कारोबार

काठमाडौं– शुक्रबार दुई घण्टाका लागि खुलेको बजारमा करिब दुई अंकले नेप्से घटेको छ। नेपाल स्टक एक्स चेन्जका अनुसार यसदिन नेप्से सूचक १.६७ अंकले घट्दै १९७०.६२ अंकमा ओर्लिएको हो। यस्तै आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ०.७४ अंकले घटेर ३८३.२० अंकमा झरको छ। २ घण्टा खुलेको बजारमा आज ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँ बराबरको १८ लाख १ हजार २७३ कित्ता सेयर कारोबार भएको छ। आज हाइड्रोपार, माइक्रोफाइनान्स र अन्य समूहगरी तीनवटा उपसूचक सामान्य वृद्धि भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन्। सबैभन्दा बढी सपोर्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले ९.८० प्रतिशतले कमाएका छन् भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का लगानीकर्ताहरुले ६.१६ प्रतिशतले गुमाएका छन्।

News by सेयर बजार दुई अंकले घट्यो ६९ करोड ८८ लाखको मात्र कारोबार :