काठमाडौं -नेकपा (एमाले) छाडेर स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । भुसालको स्वागतका लागि एकीकृत समाजवादीले आज दिउँसो २ बजे नयाँ बानेश्वरको अर्याल होटेलमा कार्यक्रम राखेको छ । ब्यानरमा भने ‘घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने स्वघोषणा गर्ने कार्यक्रम’ राखिएको छ ।


