सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढ्यो - Chaitanya News
  • 2026-06-14
  • 12:04:49
  • आइतबार,जेठ ३१, २०८३
  • सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढ्यो

    सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढ्यो

    काठमाडौं – सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ तोकिएको हो । अघिल्लो दिन तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो ।

    यता, बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेका छ । चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।