राष्ट्रिय सभा उप–चुनाव : दल दर्ताको समय सीमा आज सकिँदै - Chaitanya News
  • 2026-05-10
  • 18:55:28
  • आइतबार,बैशाख २७, २०८३
  • राष्ट्रिय सभा उप–चुनाव : दल दर्ताको समय सीमा आज सकिँदै

    राष्ट्रिय सभा उप–चुनाव : दल दर्ताको समय सीमा आज सकिँदै

    काठमाडौँ । राष्ट्रिय सभाको रिक्त सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईटा दलले मात्रै निवेदन दिएका छन् ।दल दर्ताका लागि निर्वाचन आयोगले निवेदन दिन आज (बिहीबार) सम्मको समय सीमा दिएको छ ।

    अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुँदैछ ।

    लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो ।

    निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उप–चुनावका लागि आयोगमा निवेदन दिन सक्ने छन् ।