सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन - Chaitanya News
  • 2026-04-29
  • 17:15:06
  • बुधबार,बैशाख १६, २०८३
  • सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन

    सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन

    कैलाली – सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ । सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ गठबन्धनबाट माओवादीका प्रदेश सभा सदस्य भीमबहादुर भण्डारी र कांग्रेसबाट मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

    भण्डारीको प्रस्तावकमा एमालेका जानकी बम ऐर र समर्थकमा माओवादीकी गीतादेवी माल छन् । भण्डारी बझाङ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीले सभामुखमा उम्मेदवारी दिएको हो ।

    कांग्रेसले प्रदेश सभाका ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको हो । यसअघि ज्येष्ठ सदस्यका हैसियतले उनले प्रदेश सभा बैठकको अध्यक्षता गरेका थिए ।

    आफ्नो पार्टीका प्रदेश सभा सदस्य मेघराज खड्काको प्रस्ताव र पृथ्वीबहादुर सिंहको समर्थनमा रावलले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी अछाम २ (२) बाट निर्वाचित भएका हुन् ।