चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 525 of 1153
  • 2026-11-23
  • 09:11:47
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

1. सन् २०२४ को नोबेल पुरस्कार सम्बन्धी तलको कुन भनाई गलत छ ? १.भौतिकशास्त्रतर्फ जोन जे हपफिल्ड र जेफ्री ई. हिन्टन लाई artificial neural networks द्वारा मेसिन लर्निङ्ग सम्बन्धि खोजको लागि प्रदान गरिएको थियो । २.चिकित्साशास्त्रतर्फ भिक्टर अम्ब्रोस र गैरी रुवकुन लाई माइक्रो RNA को खोजको लागि प्रदान गरिएको थियो । ३.शान्तितर्फ निहोन हिडांक्यो ९ जापानी संस्था लाई आणविक हतियार मुक्त संसार प्राप्त गर्न को लागि प्रयास को लागि प्रदान गरिएको थियो । A.१ र २ मात्र सहि          B. २ मात्र सहि      C. २ र ३ मात्र सहि     D.सबै सहि 2. तलका मध्ये कुन वोटविरुवा नेपालमा लोप हुँदै गएर दुर्लभ अवस्थामा पुगेको छ ? A. यार्सागुम्बा                 B. सर्पगन्धा            C. पाँचऔले               D.माथिका सबै 3.अधिकार सम्बन्धी तलका कथनहरु मध्ये कुन कुन ठीक हुन् ? १.राजनीतिक अधिकार नागरिकले मात्र पाउँदछ । २.जीवनको अधिकार नागरिकले मात्र पाउँदछ । ३.वैयक्तिक स्वतन्त्रताको अधिकार विदेशीले पनि पाउँछन् । ४.अधिकार व्यक्तिको सवांङगीण विकासका लागि नभई नहुने कुरा हो ।  A.१,२ र ४ मात्र ठीक              B.२ र ४ मात्र ठीक C.१,३ र ४ मात्र ठीक              D.सबै ठीक 4.अग्नी मन्दिरलाई कुन धार्मिक समुदायको पूँजास्थल मानिन्छ ? A. हिन्दु धर्म                B.बौद्ध धर्म              C.जैन धर्म                D.शिख धर्म 5.चौधौ शताब्दीको मध्यदेखि सोह्रौ शताब्दीको अन्त्यसम्मको अवधिलाई विश्व ईतिहासमा के नामले चिनिन्छ ? A.आधुनिक काल           B.धर्म सुधार आन्दोलन     C.पुनर्जागरण           D.मध्यकाल 6.नेपालमा निः शुल्क प्रसुती सेवा कहिले देखि प्रदान गर्न थालिएको हो ? A.वि.सं.२०६४           B.वि.सं.२०६५          C.वि.सं.२०६६           D.वि.सं.२०७५ 7. विश्वको पहिलो Antibiotic कुन हो ? A. एमोक्सोलीन        B.टेड्रासाशक्लिन       C.पेन्सिलिन           D.एजिथोमाईसिन 8. नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धी महासन्धिहरुको क्रम कुन चाहि सही छ ? A.दासत्व महासन्धि, बालअधिकार सम्बन्धि महासन्धि, अपाङ्गता भएका व्यक्तिहरुका अधिकार खेलकुदमा रङ्गवेद विरुद्ध अन्तर्राष्ट्रिय महासन्धि, B.दासत्व महासन्धि, खेलकुदमा रङ्गवेद विरुद्ध महासन्धि, बालअधिकार सम्बन्धी महासन्धि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार C.खेलकुदमा रङ्गभेद विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि, दासत्व महासन्धि, बालअधिकार सम्बन्धि महासन्धि, अपाङ्गगता भएका व्यक्तिहरुका अधिकार सम्बन्धि महासन्धि D.बालअधिकार सम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्तिहरुका अधिकार सम्बन्धि महासन्धि, दासत्व महासन्धि, खेलकुदका रङ्गभेद विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि 9.समूह I समूह II बीच जोडा मिलाउनुहोस् । 1.चमेलिया खोला                         a.२२.२ मे.वा 2.चिलिमे जलविद्युत                   b.२२ मे.वा 3.झिमरुक जलविद्युत                c.३० मे.वा 4. माईजलविद्युत आयोजना       d.१२ मे.वा A) 1c,2b,3d,4a             B) 1d,2c,3a,4b        C) 1a,2c,3d,4a       D) 1a,2b,3c,4d 10.वि.सं.२०७८ सालको जनगणना अनुसार ५ वर्ष सोभन्दा मुनिका बालबालिकाहरु जन्मदर्ता कति प्रतिशत रहेको छ ? A. ७३ प्रतिशत      B. ७४ प्रतिशत           C.७५ प्रतिशत               D.७६ प्रतिशत 11.तलका मध्ये नेपालसँग कार्वन व्यापार सम्झौता गर्ने पहिलो राष्ट्र कुन हो ? A. नर्वे                  B.फिनल्याण्ड              C. जर्मनी                     D.स्वीडेन 12.तलका कथनहरु अध्ययन गर्नुहोस् । १.पशुपति मुद्रा अंशुवर्माले चलाएका हुन् । २.सुनको मुद्रा सदासिंह मल्लले चलाएका हुन् । ३.सुनको असर्फीको मुद्रा रणबहादुर शाहले चलाएका हुन् । ४.विचमा प्वाल परेको मुद्रा पृथ्वी विर विक्रम शाहले चलाएका हुन् । माथिका कथनहरु ठीक वा बेठीक के हन् । A.१ र २ ठीक ३ र ४ बेठीक               B.१,२ र ३ ठीक ४ बेठीक C.१,२,३ र ४ सबै ठीक                      D.१,३ र ४ ठीक २ बेठीक 13.नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा कुन सालमा प्रधानमन्त्री भएका थिएनन् ? A. २०५२-२०५३           B.२०५८ -२०५९              C.२०७८-७९            D.२०५५ -२०५६ 14.समूह I समूह II बीच जोडा मिलाउनुहोस् । प्रदेश                       मिल्ने समूह 1. कोशी                   a.डोल्पा 2. बागमती               b.सिन्धुपाल्चोक 3. लुम्बिनी                c.ताप्लेजुङ 4. कर्णाली                d.दाङ A) 1c,2b,3d,4a          B) 1b,2c,3a,4d    C) 1b,2d,3c,4a    D) 1d,2c,3a,4b 15.तलका मध्ये कर्कट रेखामा (Tropic of cancer) मा कुन चाँहि देश पर्दछ ? A. पाराग्वे                  B.चिली                C.ब्राजिल                    D.ओमान 16.उत्तरअमेरिका महादेशका (Grate Lake) महान ताल भित्र कुन चाँहि ताल पर्दैन ? A. इरी ताल               B.मिचिगन             C.ओटारियो                  D.युकन ताल 17. Beat Plastic Pollution, 2025 कुन दिवसको नारा हो ? A. सिमसार दिवस    B. जैविक विधिता दिवस   C. पृथ्वी दिवस   D. वातावरण दिवस 18. समूह i समूह iiबीच जोडा मिलाउँनुहोस् । महासन्धि तथा वडापत्र                   धारा 1. बालअधिकार महासन्धि             a.30 वटा 2. प्रोटोकल २१                             b.27 3. क्योटो प्रटोकल                        c.54 4. CEDA                                   d.40 वटा A) 1b,2c,3a,4d     B) 1d,2c,3a,4b     C) 1c,2d,3b,4a    D) 1a,2b,3c,d4 19. भैरव वाङ्गमय पुरस्कार, २०८१ कसलाई प्रदान गरिएको छ ? A. लक्ष्मण गाउँनागे B. चुडामणि गौतम C. लक्ष्मी गिरी D. तिल विक्रम नेम्वाङ्ग 20.“चौसिंगा” तलका मध्ये कुन राष्ट्रिय निकुञ्जमा पाईन्छ ? A.बाँके राष्ट्रिय निकुञ्ज B.शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज C.मकालु राष्ट्रिय निकुञ्ज D.पर्सा राष्ट्रिय निकुञ्ज उत्तरः 1. D 11. D 2. D 12. C 3. C 13. D 4. C 14. A 5. C 15. D 6. B 16. D 7. D 17. D 8. B 18. C 9. A 19. B 10. B 20. D

(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला। Chaitanya Academy Nepal New Baneshwor, Shankhamool, Kathmandu Contact No. 01-4792427, 9851246100, 9851146100

News by लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) :