काठमाडौं – भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।
रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीविरङ्गी राखीले पसल सजेको छ ।
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।
यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।
यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ।
यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ।
शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य)ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ ।
जनै पूणिर्मा अथवा रक्षा बन्धन नेपालका साथ–साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । नेपालमा जनै पूणिर्मा भनेर मनाइने यो पर्वमा पुरुषहरुले एक दिन अगाडिबाट नै चोखो खाएर भोलिपल्ट बिहान नुहाएर मन्त्रसहित जनै लगाउँछन् । साथै हरेक कुराबाट रक्षा होस् भन्ने उद्देश्यले पुरोहितको हातबाट रक्षा बन्धन बाँधेर यो पर्व मनाइन्छ ।
भारतमा यो पर्वमा दिदीबहिनीले आफ्ना दाजु–भाइको लामो आयु र हरेक विघ्न–बाधाबाट रक्षा होस् भनेर राखी बाँधिदिने चलन छ । त्यसो त हिजोआज नेपालमा पनि भारतको यो संस्कृति भित्रिएको छ । आज हरेक दिदी–बहिनीले आफ्ना दाजुभाइको सुस्वास्थको कामना गर्दै राखी बाँधिदिने चलन बढ्दै गएको छ ।
रक्षा बन्धनको चलन कसरी चल्यो अथवा रक्षा बन्धनको नाम कसरी रक्षा बन्धन रहन गयो भन्ने बारेमा अनेक पौराणिक कथाहरुको छन्। तर हामी यहाँ दुई कथाहरुको बारेमा जानमारी दिन्छौं ।
पौराणिक कथाहरुको कुरा गर्नु पर्दा भविश्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ । ती दुई कथाहरुमा कुन कथाको घटना अगाडि घटेको थियो भन्न कठिन छ । तर भविष्य पुराणमा लेखिएको कुरामा ध्यान दिने हो भने देवता र असुरहरु बीचमा जब युद्ध शुरु भयो । दैत्य देवताहरुमाथि भारी पर्न थाले ।
देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि वृहस्पति कहाँ गए । तब बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन् । संयोगले त्यो दिन श्रावण पूणिर्माको दिन थियो । मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि श्रीमतीहरु श्रीमान् युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो ।
त्यस्तै अन्य कथा स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पाइन्छ । जसमा असुरराज दानवीर राजा बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाए। असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राहृमण भेषमा राजा बली कहा भिक्षा मागे ।
राजा बली महान दानवीर थिए । उनले ब्राहृमणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राहृमणरुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भुमिको माग गरे । बलिले ब्राहृमणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुर्ण आकाश, पाताल र धरती नापे । बाँकि एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे ।
बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर–अमर हुने वरदान दिए । राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए ।
भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।
नारदले बताएअनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा पढ्न पाइन्छ ।
दाजु बहिनी बिचको अटुट सम्बन्धको महत्व र चर्चा मानव जातीमा मात्र होइन स्वयं भगवान हरुमा पनि कायमै रहेको हाम्रा धार्मिक किम्बदन्ती, पुस्तक र पुराण हरुले स्पस्ट देखाउछ । परिस्थिति चाहे जे सुकै होस आफ्ना चेलिहरुको मान , सम्मान र हक को लागि हरेक माइतीहरु ढाल भएर अगाडि उभिएकै हुन्छन ।
आजको दिन हातमा बाधिने ती राखी र डोरोको धागोहरु केवल निर्जीव धागो मात्र होइन यो एक बिस्वास हो एक आशिर्वाद हो । दिदीको आफ्नो भाइ प्रतिको ममता, त्याग र समर्पणको प्रतीक हो भनेस् बहिनिको आफ्नो दाइ प्रतिको आड, भरोसा र उल्लासको चिन्ह हो ।
भनिन्छ, दाजुभाइको हातमा बाधिएको रक्षाबन्धनको ती पातलो धागोहरुमा महान शत्रु पनि पराजित गर्न सक्ने शक्ति हुन्छस् अनि रक्षाको डोरो बाधिएको बेला र डोरो बाधिएको त्यो हातले दिदिबहिनी र दाजुभाइ बिच बर्षा हुने ती आसिर्बाद, शुभकामना र शुभेच्छाहरुको उलंघन गर्ने स्वयं यमराजले पनि सक्दैनन ।
जन्मेदेखी मृत्यु पर्यन्त सम्म हरेक अवसर , परिस्थिति , कठिनाइ र दुखसुखको साझेदार र सहयात्री हुन चेली र माइती । एउटै आमाको दूध चुसेर, एउटै बाबाको काधमा चडेर, एउटै भान्साको भोजनले पेट भर्दै एउटै छत मुनि जिबनको अति स्वर्णिम पलहरु बिताएका हुन्छन ।
सुखमा साथसाथै हास्नु रमाउनु मात्र होइनस् दुखमा एउटै आँसु रोएको अनुभव हो यो । मिलन हुदा हर्स उल्लाहमा हराउनु मात्र होइनस् बिछोड र बियोगमा छटपटाउनु, कराउनु, चिच्याउनु मा पनि बराबरि साथ दिइएको सम्बन्ध हो यो ।
चेलीबेटीको जिबनमा माइतिको महत्त्व कति हुन्छ त्यो त कसैले बर्णन गर्न सक्दैन । तर माइतीको जीवनमा अनि माइतीघरको आगनिमा पनि चेलीबेटीको मुस्कानको कमि महसुस गराउछ यो तिज, तिहार र रक्षा बन्धन जस्ता चाडहरुले ।
दिदी बहिनिको हातहरुले दाजुभाइको निधार र नाडी त जहिल्यै खोजिरहेको हुन्छस् कहिले सप्तरङी टिकाले सझाउन, त कहिले रक्षाको बन्धनले बाधिदिन । तर १ दाजुभाइको हातहरुले पनि दिदिबहिनिको शिर र साथ खोजिरहेको हुन्छ । कहिले आशिर्वाद र आत्मसम्मानको बर्षा गराउन, त कहिले आफ्ना दुखसुखहरु साटासाट गर्न ।
पारिवारिक अवस्था , धन दौलत , इज्जत प्रतिस्ठा , सन्चो बिसन्चो , सुख दुख जस्तो मोडहरुमा पनि दाजुभाइले आफ्नो दिदिबहिनी लाइ दिएको सुख, रक्षा र सहयोग को कसम पूरा गरेको देख्न पाइन्छ ।
चेलीले पनि आफ्ना माइतीको खुसी, स्वास्थ, प्रगती र सफल जिबनको लागि हरेक अवस्थामा पनि त्याग र समर्पण गरेकै हुन्छन स् फरक यति हो । कोहि धन ले गर्छन। कोहि मन ले । कोहि देखाउन सक्छन । कोहि भित्रभित्रै लुकाउछन ।
बिवाहा अघि त जे जस्तो होला अझ बिवाहा गरेर पठाइएका छोरिचेलिको समेत इज्जत र भरोसाको केन्द्रबिन्दु हन्छ माइती या दाजुभाइ । आज पनि हामी देख्छौ । एउटा छोरिको श्रीमान र ससुराली जति सम्पन्न भएपनी बुहारीलाई, “तेरो माइति ले के दियो रु तेरो माइतिलाइ यो माग, त्यो माग १ तेरो माइती यस्तो १ तेरो माइती उस्तो १” भनेर मानसिक यातना दिएको धेरै उदाहरण छन ।
कर्म घरमा छोरिले केही सानो गल्ती गरि कि माइतीबाट आमाबाबु या दाजुभाइ तुरुन्तै पुग्नुपर्छ । दिदिबहिनी त भए भए भान्जाभान्जी प्रती मामा हुनुको कर्तव्य र जिम्मेवारी पनि उतिकै छ । आफ्नो घर, परिवार , श्रीमती , छोराछोरी, आफन्त , समाज सबै सम्हाल्नु पर्ने दाजुभाइ हरुले नमरे सम्म दिदिबहिनीको घर परिवारको सान र प्रतिस्ठा पनि उतिकै जिम्मेवारी साथ बचाइरहेका हुन्छन ।
जे होस १ चेली र माइतिको सम्बन्ध अनि दिदिबहिनी र दाजुभाइको नातामा न त कुनै सिमा हुन्छस् न त केही बन्देज । जे छ, जस्तो छ, त्यसमा कुनै छल, कपट, रिस, जालझेल र तलमाथि कहिल्यै केही हुदैन । हुन्छ त केवल माया, बिस्वास, त्याग , बलिदान , हौसला र समर्पणको सुखद अनुभव र अनुभुतिहरु ।
भन्छन नि १ प्रेमको बन्धनमा बरु एकले अर्कालाई लाखौको भिडमा रोज्न पाएको हुन्छ । बिवाहाको बन्धनमा समेत एउटा सङ तोडिएर अन्तै जोडिन मिल्ने बिकल्प रहेको हुन्छ । तर , न त दिदि बहिनीले आफ्नो दाजुभाइ छोड्न सक्छनस् न त दाजुभाइ दिदिबहिनी बाट अलग हुन सक्छन् । न त रोजेर पाइएको होस् न त साटेर लिन नै सकिन्छ । जे गरिन्छ मनैदेखी गरिन्छस् जस्तो हुन्छ आफ्नो हुन्छ ।
दाजुभाइ र दिदिबहिनी हरुको उपस्थितिले रमणीय र हर्सित हरेक घर परिवा रमा यो विशेष पर्वको विशेष शुभकामना । साथमा जनै पुर्णिामाको यो पावन दिन मा जनै फेर्ने दाजुभाइहरुलाइ शान्ती, स्वास्थ र समृद्धिको हार्दिक कामना ।