धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले यो कुरामा जोड दिएका हुन । नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उनले युवाहरूलाई रूपान्तरणको सद्भाव र परिवर्तनको सम्भाग भएको संज्ञा दिएका हुन ।
युवा वर्गलाई देशमै रोजगारी दिनका निमित्त प्रदेश सरकारले युवा जनशक्तिलाई नवप्रवर्तन, स्टार्टअपका साथै सीप रोजगारी कार्यक्रम ल्याएको चर्चा गरेका छन् । साथै उनले युवा वर्गलाई लागू औषध सम्बन्धी जानकारी दिनका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू प्रदेश सरकारले सञ्चालन गरेको बताएका छन् ।
कार्यक्रममा मुख्यमन्त्री शाहले देशका विभिन्न स्थानहरूमा निःशुल्क खगोल विज्ञान सम्बन्धी क्रियाकलाप गर्दै आएका टिकापुरका अरुण लोहारलाई एक लाख आर्थिक सहयोग तथा वृद्धि विकासमा समेत प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले युवा शक्तिहरूलाई नवप्रवर्तनसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को उपलक्ष्यमा प्रदेश युवा परिषद्ले बर्दगोरियामा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै उनले उनले यो कुरामा जोड दिएका हुन । नेपाली जनताको हक अधिकार स्थापित गर्ने आन्दोलनको नेतृत्व युवा वर्गले नै गरेको चर्चा गर्दै उनले युवाहरुलाई रुपान्तरणको सद्भाव र परिवर्तनको सम्भाग भएको संज्ञा दिएका हुन ।
युवा वर्गलाई देशमै रोजगारी दिनका निमित्त प्रदेश सरकारले युवा जनशक्तिलाई नवप्रवर्तन, स्टार्टअपका साथै सीप रोजगारी कार्यक्रम ल्याएको चर्चा गरेका छन् । साथै उनले युवा वर्गलाई लागू औषद सम्बन्धि जानकारी दिनका लागि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु प्रदेश सरकारले सञ्चालन गरेको बताएका छन् ।
कार्यक्रममा मुख्यमन्त्री शाहले देशका विभिन्न स्थानहरुमा निःशुल्क खगोल विज्ञान सम्बन्धि क्रियाकलाप गर्दै आएका टिकापुरका अरुण लोहारलाई एकलाख आर्थिक सहयोग तथा वृद्धि बिकासमा समेत प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्यता गरेका छन।